भ्रष्टाचारीमा जोडिएकाहरुको राहदानी खारेज गरियोस् : डोलप्रसाद अर्याल काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले भ्रष्टाचारमा नाम जोडिएका सांसदहरूको राहदानी जफत गर्न माग गरेका छन्। बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भ्रष्टाचारमा नाम जोडिएका सांसदहरू देश छोडेर भाग्न सक्ने खतरा भएको भन्दै राहतदानी जफत गर्न माग गरेका हुन्। उनले नक्कली भूटानी शरणार्थी प्रकरणमा प्रहरीलाई स्वतन्त्र रूपले काम गर्न दिनुपर्ने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्