केही दिनभित्र संघीय गठबन्धनकै आधारमा मधेस सरकार पुनःगठन हुन्छः उपेन्द्र यादव
काठमाडौं, २९ वैशाख। जनता समाजवादी पार्टी,नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय सरकारमा भएको गठबन्धनकै आधारमा मधेस प्रदेश सरकार पुनःगठन हुने बताएका छन्। शुक्रवार जनकपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले केही दिनभित्रै मधेस सरकार पुनःगठन हुने जनाए। संघीय सरकारमा भएको गठबन्धन अनुरुप मधेस सरकारमा पनि गठबन्धनको सरकार कायम रहने दाबी उनको छ।मुख्यमन्त्रीमा आलोपालो हुने भन्दै उनले अहिले सरकारको नेतृत्व जसपाले नै गर्ने बताए।
प्रतिक्रिया दिनुहोस्