एउटा काण्डको छानबिन गर्दैमा सरकारको सफलता भन्न मिल्दैनः रवि लामिछाने काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एउटा काण्डको छानबिन गर्दैमा सरकारको नै सफलता भन्न नसकिने बताएका छन्।शनिबार काठमाडौंमा नागरिक अगुवाहरु मिलेर भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपविरुद्ध गरिएको आन्दोलनमा कुरा गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन्। उनले सरकारले एउटा काण्डको अनुसन्धान खोल्दैमा सरकारलाई नै सफलता भन्दा अलि धेरै हुने भन्दै अन्य धेरै लाइनमा रहेका काण्डहरु अनुसन्धान भए सरकारको सफलता मान्ने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्