बाँके। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतान्त्रिक मूल्य, मान्यता र पद्धतिलाई नेपालका राजनीतिक दलले अझै पूर्णरूपमा अनुशरण गर्न नसकेको बताएका छन्। ७०औँ प्रजातन्त्र दिवसका अवसरमा बिपी अध्ययन प्रतिष्ठानले नेपाली कांग्रेस, बाँके पार्टी कार्यालयमा स्थापना गरेको पुस्तकालयको आज उद्घाटन गर्दै उनले यस्ताे बताएका हुन्।
“लोकतन्त्र व्यवस्थामा मात्र नभई यो मानिसको आचरणसँग पनि जोडिनुपर्छ”, नेता सिंहले भने, “लोकतन्त्रप्रति विचलन आउनुहुँदैन, किनभने लोकतन्त्रको विकल्प फेरि अर्को व्यवस्था हुनै सक्दैन।”
कांग्रेस युवा नेता गगन थापाले एक दिनको अभ्यासले लोकतन्त्रको गहिराइ मापन गर्न नसकिने बताउँदै यसको यात्रा सधैँ अनन्त हुने बताए।
कार्यक्रममा प्रतिष्ठानका बाँके जिल्ला अध्यक्ष सुधांशु कोइरालाले पुस्तकालयको साँचो र रजिस्टर्ड बाँके कांग्रेसका सभापति किरण कोइरालालाई हस्तान्तरण गरेका थिए। रासस
" /> बाँके। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतान्त्रिक मूल्य, मान्यता र पद्धतिलाई नेपालका राजनीतिक दलले अझै पूर्णरूपमा अनुशरण गर्न नसकेको बताएका छन्। ७०औँ प्रजातन्त्र दिवसका अवसरमा बिपी अध्ययन प्रतिष्ठानले नेपाली कांग्रेस, बाँके पार्टी कार्यालयमा स्थापना गरेको पुस्तकालयको आज उद्घाटन गर्दै उनले यस्ताे बताएका हुन्।“लोकतन्त्र व्यवस्थामा मात्र नभई यो मानिसको आचरणसँग पनि जोडिनुपर्छ”, नेता सिंहले भने, “लोकतन्त्रप्रति विचलन आउनुहुँदैन, किनभने लोकतन्त्रको विकल्प फेरि अर्को व्यवस्था हुनै सक्दैन।”

">