काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले २१ फागुनमा दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गर्दैछन्। त्यसका लागि उनको अस्पताल बसाइ आजैदेखि शुरू भएको छ। प्रधानमन्त्री ओली त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन्।
ओलीलाई उनकी भाञ्जी पर्ने झापाकी ३२ वर्षीया समीक्षा संग्रौलाले मिर्गाैला दिने छन्। समीक्षा पनि आजै अस्पताल भर्ना भएकी छन्।
दुबै मिर्गाैलाले काम गर्न छोडेपछि प्रधानमन्त्री ओलीले १२ वर्षअघि भारतको अपोलो अस्पतालमा मिर्गाैला प्रत्यारोपण गरेका थिए।
पछिल्लो समय मिर्गौलामा समस्या देखिएपछि प्रधानमन्त्री ओलीले गत कात्तिकयता नियमित डायलासिस गराउँदै आएका छन्।
११ फागुन २००८ मा जन्मिएका प्रधानमन्त्री ओली अहिले ६९ वर्षमा हिँडिरहेका छन्।
चढ्दो उमेर र बिग्रँदो स्वास्थ्यकाबीच पनि प्रधानमन्त्रीको आत्मविश्वास भने अचम्मको छ।
प्रधानमन्त्रीले दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्ने चर्चा गत कात्तिकदेखि नै चल्न थालेको हो। तर, आधिकारिक रूपमा प्रधानमन्त्री स्वयंले भने १५ फागुनमा मात्र यसबारे बताए।
नेकपा बागमती प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उनले आत्मविश्वासका साथ भनेका थिए, “केही दिनभित्रै मिर्गाैला फेर्दैछु, पाँच दिन अस्पताल बसेर आत्मबलसहित आउँछु।”
यसअघि गत माघमा सम्पादकहरुसँगको भेटमा पनि उनले छिटै मिर्गौला प्रत्यारोपण गर्ने र तीन वर्ष कस्सिएर काम गर्ने बताएका थिए। तर, त्यतिबेला उनले निकट मिति खुलाएका थिएनन्।
१५ फागुनमा केही दिनभित्रै मिर्गौला प्रत्यारोपण गर्ने घोषणा गर्दा भने उनले १०/१५ वर्ष आफ्नो स्वास्थ्य केही नहुने पनि बताए।
त्यसो त प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य समस्यालाई आत्मबलले जितिरहेको नेकपावृत्तमा चर्चा चल्ने गर्छ।
नेकपा बागमती प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उनले आत्मविश्वासका साथ भनेका थिए, “केही दिनभित्रै मिर्गाैला फेर्दैछु, पाँच दिन अस्पताल बसेर आत्मबलसहित आउँछु। ”
तत्कालीन नेकपा एमालेको नवौं महाधिवेशनमा अध्यक्षका उम्मेद्वार बन्दै गर्दा पनि अर्काे समूहले ओलीको स्वास्थ्यमाथि प्रश्न उठाएको थियो। तर, उनी त्यसलाई चिर्दै अध्यक्षमा निर्वाचित भए।
अध्यक्ष निर्वाचित मात्र भएनन्, त्यसपछिका दिनमा समेत उनको सक्रियता लोभलाग्दो नै रह्यो। प्रधानमन्त्रीका रूपमा होस् या पार्टी अध्यक्षका रूपमा, उनको सक्रियता कहिल्यै कम भएन।
प्रतिकूल स्वास्थ्यका बाबजुद पनि २०७४ को निर्वाचनमा उनको दौडधुप कम भएन। फलस्वरूप एमाले–माओवादीको वाम गठबन्धनले झण्डै दुई तिहाइ बहुमत हासिल गर्यो। र, ओली पार्टी एकतामा पनि आत्मविश्वासका साथ सक्रिय भए।
उनको आत्मविश्वास यतिमा मात्र सीमित छैन। सार्वजनिक कार्यक्रममा समेत ओली ‘हँसमुख’ मुद्रामा प्रस्तुत हुन्छन्।
आज मिर्गौला प्रत्यारोपणका लागि अस्पताल प्रवेश गर्दैगर्दा पनि उनको आत्मविश्वास हराएको देखिएन। उनी हँसमुख मुद्रामै अस्पताल छिरे।
अस्पताल जानुअघि जारी गरेको भिडिओ सन्देशमा पनि उनी उस्तै आत्मविश्वासी देखिए। भिडिओ सन्देशमा प्रधानमन्त्रीले भनेका छन्– ‘सपनालाई बीचमै अलपत्र पारेर म अलप हुन्न, ढुक्क हुनुस्।’
आज अस्पताल भर्ना हुने भएपछि प्रधानमन्त्रीले सोमबार र विहीबार बस्ने गरेको मन्त्रिपरिषद् बैठक हिजो, १८ फागुनमै बोलाए। मन्त्रिपरिषद्का सदस्यहरूलाई मिर्गाैला प्रत्यारोपणबारे जानकारी गराउँदै उनले भने, “स्वास्थ्यलाभ गरेर छिट्टै फर्किन्छु, एक साताभित्र अर्को ‘क्याबिनेट’ बस्छ।”
र, प्रधानमन्त्री ओली दोस्रोपटक मिर्गाैला प्रत्यारोपणका लागि आज अस्पताल भर्ना भएका छन्।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले २१ फागुनमा दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गर्दैछन्। त्यसका लागि उनको अस्पताल बसाइ आजैदेखि शुरू भएको छ। प्रधानमन्त्री ओली त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन्।ओलीलाई उनकी भाञ्जी पर्ने झापाकी ३२ वर्षीया समीक्षा संग्रौलाले मिर्गाैला दिने छन्। समीक्षा पनि आजै अस्पताल भर्ना भएकी छन्।

">