संविधानमा सबैको अपनत्व बढाऊ : पूर्व राष्ट्रपति

काठमाडौं। पूर्व राष्ट्रपति रामवरण यादवले सबैको अपनत्व हुने गरी संविधान संशोधन गर्न राजनीतिक दलहरुलाई सुझाव दिएका छन्।

काठमाडौंमा प्रथम अन्तर्राष्ट्रिय तमू सम्मेलनको उद्घाटन गर्दै पूर्व राष्ट्रपति यादवले जनताको बलिदानको उपलब्धिस्वरुप प्राप्त संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्नेमा जोड दिए।

सबैले अपनत्व महसुस गर्ने गरि संविधान संशोधन गर्न तत्पर हुनुपर्ने उनले बताएका छन्।

संविधान संशोधनको लागि सरकार र प्रमुख राजनीतिक दलहरु तयार नहुने हो भने प्राप्त उपलब्धिलाई सबैले महसुस गर्न नपाउने र कार्यान्वयनमा जटिलता उत्पन्न हुन सक्ने भन्दै विवेक पुर्‍याउन आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्