सी र नेकपाका शीर्ष नेताबीच भेटवार्ता

सीसँगको शिष्टाचार भेटमा नेकपाका वरिष्ठ नेताहरू एवं पूर्वप्रधानमन्त्रीहरू झलनाथ खनाल र माधवकुमार नेपाल, सचिवालयका सदस्यहरू उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेता वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सहभागी थिए।

तस्वीरः रासस

राष्ट्रपति सी चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवसमेत भएकाले दुई पार्टीबीच उच्चस्तरमा छलफल भएको थियो।

यही असोजमा चिनियाँ कम्युनिष्ट पार्टी र नेकपाबीच आपसी सम्बन्ध विस्तारबारे सम्झौता भएको थियो।

राष्ट्रपति सीका साथ चिनियाँ विदेशमन्त्री वाङ यी, चीन सरकारका अन्य वरिष्ठ नेता तथा नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी सहभागी थिए।

राजनीतिक भेटवार्तापछि राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलबीच दुईपक्षीय वार्ता र सम्झौता हुने कार्यक्रम छ।रासस