काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् ।
राष्ट्रपति सीलाई बिदाइ गरेलगत्तै ट्वीटरमार्फत् प्रधानमन्त्री ओलीले भ्रमण ऐतिहासिक भएको उल्लेख गर्दै भनेका छन्, ‘महामहिम सीको नेपाल भ्रमण भव्यरुपमा सम्पन्न भएको छ । उहाँको भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाइ र गतिशीलता प्राप्त गरेको छ ।’
प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपतिको भ्रमण सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिएका छन् ।
चिनियाँ राष्ट्रपति सी दुईदिने राजकीय भ्रमणका क्रममा २५ असोजमा काठमाडौं आइपुगेका थिए ।
दुई दिन नेपालमा रहँदा चिनियाँ राष्ट्रपतिले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओली तथा पूर्वप्रधानमन्त्रीलगायतसँग भेटवार्ता गरेका थिए ।
त्यसैगरी, राष्ट्रपति सी दुई पक्षीय उच्चस्तरीय प्रतिनिधि मण्डलस्तरीय वार्तामा समेत सहभागी भए ।
चिनियाँ राष्ट्रपति सी आज दिउँसो २ बजे चीन प्रस्थान गरेका छन् ।
नेपालमा २३ वर्षपछि चिनियाँ राष्ट्रपतिको भ्रमण भएको हो ।
" /> काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् ।राष्ट्रपति सीलाई बिदाइ गरेलगत्तै ट्वीटरमार्फत् प्रधानमन्त्री ओलीले भ्रमण ऐतिहासिक भएको उल्लेख गर्दै भनेका छन्, ‘महामहिम सीको नेपाल भ्रमण भव्यरुपमा सम्पन्न भएको छ । उहाँको भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाइ र गतिशीलता प्राप्त गरेको छ ।’

">