काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बोलाउन माग गरेका छन्।
सचिवालय सदस्य समेत रहेका श्रेष्ठले अध्यक्षद्बय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई बैठक बोलाउन अनुरोध गरिसकेको पनि ट्वीटमार्फत जानकारी गराएका छन्।
'आवश्यकता पर्दा मन्त्रिपरिषद् र उच्चस्तरीय समन्वय समितिको बैठक बसेको छ' उनले ट्वीटमा लेखका छन्, 'आजको सन्दर्भमा स्वास्थ्य प्रोटोकलको पालना गर्दै सचिवालयको बैठक पनि बस्न सक्छ। त्यसैले शीघ्र बैठक बस्ने विश्वास छ र बैठक बस्नैपर्छ।'
कोभिड- १९ को रोकथाम र नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा देखिएको कमजोरी र अन्य विभिन्न विषयमा सचिवालयको बैठक बसेर स्पष्ट पारिनुपर्ने आवाज नेकपाभित्र उठिरहेको छ।
केहीदिन अघि नेकपाका सचिवालय सदस्य झलनाथ खनालले पनि सचिवालयको बैठक तुरुन्त बोलाउनुपर्ने माग गरेका थिए।
" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बोलाउन माग गरेका छन्।सचिवालय सदस्य समेत रहेका श्रेष्ठले अध्यक्षद्बय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई बैठक बोलाउन अनुरोध गरिसकेको पनि ट्वीटमार्फत जानकारी गराएका छन्।

">