म फोटो थप्न मात्रै प्रधानमन्त्री बनेको होइन, काम गरेर देखाउँछुः प्रधानमन्त्री काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई साझा प्रधानमन्त्रीका रुपमा राष्ट्र निर्माणको अवसर दिन सांसदहरुलाई आग्रह गरेका छन्। मंगलबार प्रतिनिधिसभामा विश्वासको मत माग्दै प्रचण्डले हिजो क्रान्ति सुरु गर्दा जुन आवेग र अठोट थियो, बीचमा केही अलमल भएपनि अहिले त्यही आवेग र अठोटका साथ रोष्टममा उभिएको बताए। प्रचण्डले हरेक पटक संसदमा उपपब्धिको डेटा र रिपोर्ट कार्डका साथ उपस्थित हुने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्