हामीलाई राष्ट्र र जनताको पक्षमा काम गर्न अवसर छ : प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री प्रचण्डले नराम्रा काम गर्दै नगर्ने र गर्न नदिने अठोटका साथ तेस्रोपटक प्रधानमन्त्री भएको बताएका छन्। शुक्रबार नेपाल हस्तकला महासंघको साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ‘यो पटक राम्रो काम गर्ने र काम गरेर देखाउने बताए। प्रधानमन्त्री प्रचण्डले आफू ठूलो अग्नि परीक्षामा रहेकोसमेत बताए। उनले ठूलो बलिदान र संघर्षपछि संविधानसभाको घोषणामार्फत अहिलेको उपलब्धि हासिल भएको दाबी गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्