नेपाली संस्कृतिमाथि विदेशी संस्कृतिको हस्तक्षेप बढेको छ : प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा विदेशी संस्कृतिको प्रभुत्व बढिरहेको भन्दै दुःख व्यक्त गरेका छन्। आइतवार तामाङ समुदायको पर्व ल्होसाको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। प्रधानमन्त्रीले विगतमा सामन्ती, एकात्मक र अधिनायकवादी शासनबाट नेपालभित्रैका जातजाति, भाषा, संस्कृतिमाथि दमन गर्ने एउटा प्रक्रिया चलेको पनि स्मरण गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्