शिवरात्रिमा यस्तो छ पशुपति क्षेत्रको माहोल
कोरोना महामारीको त्रास कम भएसँगै यसपटक पशुपतिनाथ परिसरमा शिवरात्रि मनाउन साधुसन्त,जोगी र महन्थ जम्मा हुन थालेका छन्।कोरोनाका कारण अघिल्ला वर्षहरुमा झन्डै सुनसान बनेको पाशुपत क्षेत्रको रौनक फर्किएको छ।तीर्थालुको भिड र सानासाना व्यापार गर्नेहरुको कारोबार पनि बढ्दो देखिन्छ।जोगी,सन्यासीहरु अघिल्ला वर्षभन्दा बढ्न थालेका छन्।कोरोना भुल्दै जाँदा यस क्षेत्रमा चमक बढ्दो छ।
प्रतिक्रिया दिनुहोस्