किन नेपाललाई श्रीलंकाको आर्थिक संकटसँग दाजिदै छ ?
काठमाडौं, यति बेला गहिरो आर्थिक संकटमा परेको श्रीलंकाको अवस्थाले नेपाललाई पनि झस्काएको छ । नेपाल र श्रीलंकाको वैदेशिक ऋण वृद्धिदरको गति उस्तै भएपनि उच्च ब्याजमा ऋण नलिनु नेपालको लागि सकारात्मक पक्ष देखिन्छ। तर, पछिल्ला वर्षहरूमा नेपालको सार्वजनिक ऋण बढ्दो क्रममा रहनु र विदेशी मुद्रा सञ्चिति घट्नु तथा जीडीपीको तुलनामा विदेशी ऋण बढ्दै जादा सर्वत्र चिन्ता र चासो छाएको छ ।
प्रतिक्रिया दिनुहोस्