बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने काठमाडौं। नेपालमा चैत २५ गते देखि टाइफाइड विरुद्धको खोप लगाइने भएको छ। सरकारले १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाउन लागेको हो। झन्डै ७५ लाख बालबालिकालाई खोप लागाउने सरकारको तयारी छ। खोप लगाएपछि नेपाल दक्षिण एसियामा नै टाइफाइडविरुद्धको खोप लगाउने पहिलो राष्ट्र बन्ने छ। विश्व स्वास्थ्य संगठनकाअनुसार नेपालमा टाइफाइड रोगको सङ्क्रमण र जोखिम उच्च छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्