अन्ततः पाकिस्तानमा ढल्यो इमरान खानको सरकार
पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्ताव पारित भएको छ।अविश्वासको प्रस्ताव पारित भएसँगै प्रधानमन्त्री खान पदमुक्त भएका छन्।उनी सन् २०१८ को अगस्टमा प्रधानमन्त्री बनेका थिए।पाकिस्तानमा पहिलोपटक प्रधानमन्त्री अविश्वासको प्रस्तावमार्फत पदमुक्त भएका हुन्।सेहबाज सरिफलाई नयाँ प्रधानमन्त्रीका रुपमा अघि सार्ने तयारी भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्