पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्यो, ल्यान्डफिल साइटको अझै टुंगो छैन
पोखरा। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएपनि सञ्चालनमा आउन सकेको छैन। विमानस्थलको दक्षिण बाच्छेबुडुवामा रहेको ल्याण्डफिल साइटका कारण प्रशस्त चराचुरुङ्गी आउने हुनाले त्यसलाई नहटाइ विमान उडाउन नसकिने देखिएको हो। ल्याण्डफिल तत्काल हटाइहाले पनि बाच्छेबुडुवाबाट चराहरुलाई हटाउनै ६ महिनाजति लाग्ने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्