यौनजन्य हिंसामा हदम्याद, हटाउन माइतीघरमा प्रदर्शन
काठमाडौँ। राजधानीको माइतीघरमा ‘रेप निड जस्टिस’ समूहद्वारा बलात्कारविरुद्ध प्रदर्शन गरेको छ। “बलात्कारमा हदम्याद हटाऊ” भन्ने मूल नाराका साथ बलात्कारीले सजाय पाउनैपर्ने र पीडितले न्याय पाउनैपर्ने माग राख्दै विरोध प्रदर्शन गरिएको हो।साथै, ‘पेन्ट मि रेड’अभियानअन्तर्गत यौन दुर्व्यवहारमा परेकाहरूले संयुक्त हस्ताक्षर गरी प्रतीकात्मक रूपमा शरीरमा रातो पोतेरसमेत विरोध जनाएका छन्।
प्रतिक्रिया दिनुहोस्