सरकारले पेट्रोलमा रू २० र डिजेलमा रू २९ घटायो।
काठमाडौं।सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।शनिबार पत्रकार सम्मेलन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य घटाएको जानकारी दिएका हुन्।उनका अनुसार पेट्रोल लिटरमा २० रुपैयाँ,डिजेल र मट्टीतेलमा २९ रुपैयाँ घट्ने भएको छ।नयाँ मूल्य शनिबार राति १२ बजेदेखि लागू हुनेछ।
प्रतिक्रिया दिनुहोस्