सरकारले घटायो इन्धनको मूल्य, होला त निरन्तरता ? काठमाडौं। पेट्रोलियम पदार्थको मूल्य घटेको छ। निरन्तरको विरोधपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो। शनिबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो। निगमले पेट्रोलमा २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँ मूल्य घटाएको छ। यसअनुसार अब पेट्रोलको मूल्य १७९ निर्धारण हुनेछ भने डिजेल–मट्टितेलको १६३ कायम हुनेछ। नयाँ समायोजित मूल्य शनिबार राति १२ बजेदेखि लागू हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्