नेपालमा मनसुनको प्रभाव, तीन दिन लगातार झरीको सम्भावना काठमाडौं। मनसुन देशभर फैलिएकाले आगामी तीन दिन भारि वर्षा ठूलो पानी पर्ने जल तथा मौसम विभागले जनाएको छ। आजदेखि तीन दिनसम्म देशका विभिन्न स्थानमा वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मंगलबार राति र बुधबार आजको भन्दा बढी पानी पर्ने सम्भावना रहेको छ। यसले गर्दा पहिरो जाने तथा खोलानाला बढ्ने हुँदा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्