४० वर्षदेखि जनताले वन पाल्ने, अहिले उपभोग गर्दा जेल हाल्ने ?
काठमाडौं। सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष भारती पाठकले वन मन्त्रालयले अनेक बहाना बनाएर ढिलो गरी नियमावली बनाएको तर नियमावली संविधान, समुदाय र महिला अधिकार विरोधी रहेको बताएकी छन्। ‘स्थानीय समुदाय र वन ऐन २०७६ विरोधी वन नियामावली २०७९ का विरुद्ध’ को पत्रकार सम्मलेनमा बोल्दै उनले नियमावली तत्काल खारेज गर्नुपर्ने बताइन्।
प्रतिक्रिया दिनुहोस्