३० जना जनता भएको देशमा आफ्नै सेना र मुद्रा
काठमाडौं।देशको नाम-‘रिपब्लिक अफ मोलोसिया’। यो देशमा ३० जना मानिस बस्छन्। तिनको साथमा भएका चारवटा कुकुरलाई पनि नागरिकता दिइएको छ। मोलोसियाको क्षेत्रफल २.२८ एक्कड मात्रै छ। केभिन बघले यो देशमा शासन गर्छन्। मोलोसियाजस्ता देशहरु स्वघोषित हुन्छन्। ससाना भूक्षेत्रहरू ओगटेर बनेका यस्ता देशलाई ‘माइक्रो नेसन’ अथवा सुक्ष्म देश भनिन्छ। गुगलको ‘माइक्रो नेसन म्याप’अनुसार हाल पृथ्वीमा यस्ता सुक्ष्म देश ६७ वटा छन्।
प्रतिक्रिया दिनुहोस्