गभर्नरविरुद्ध विद्यार्थी संगठनको प्रदर्शन, प्रहरीको धरपकड
काठमाडौं।गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ।निषेधित क्षेत्रमा प्रवेश गरेर नाराजुलुस गरेको भन्दै प्रहरीले प्रदर्शनकारीलाई रोकेपछि प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी भएको हो।त्यस्तै प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।नेविसंघ र अखिल क्रान्तिकारीले संयुक्तरुपमा विरोध कार्यक्रम गर्दै आएका छन्।
प्रतिक्रिया दिनुहोस्