टर्कीका २७ वर्षे युवा नाच्दै कसरी आइपुगे नेपाल काठमाडौं। टर्कीस नागरिक फारहात किलिक सडकमा प्रस्तुति दिने कलाकार हुन्। सडकमा नाच्दै संसार घुम्ने सपना पालेका उनले नेपाल भ्रमण गरेको २८औं मुलुक हो। १६ वर्षको हुँदा विश्वयात्रा शुरु गरेका उनी अहिले २७ वर्षका भए। सडकलाई रंगमञ्च ठान्ने उनी चार्ली च्याप्लिनजस्तै बन्न चाहन्छन्। नेपालका गल्ली र मन्दिरहरुका प्राङ्गणमा उनले प्रस्तुति दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्