मिटर ब्याजमा ऋण लिएका नवलपरासीको एक टोलका सबैको घरजग्गा डुब्ने भयो
काठमाडौं।मिटरब्याजबाट पीडित भएको भन्दै एक समूहले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ।गृहमन्त्रालयले मिटर ब्याजीलाई कारबाही गर्न परिपत्र गरे पनि कुनै कारबाही नभएकोमा उनीहरु आक्रोशित बनेका हुन्।प्रशासन नै मिटर ब्याज लिनेहरूसँग मिलेको समेत उनीहरुले आरोप लगाएका छन्।गरिबको पक्षमा काम नगरे उनीहरूले कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
प्रतिक्रिया दिनुहोस्