असमान ढंगले कर्मचारीहरुको तलब वृद्धि गरेको भन्दै तल्लो तहका कर्मचारी आन्दोलित काठमाडौं।असमान ढङ्गले कर्मचारीको तलब बढाएको भन्दै नासुहरुले अर्थ मन्त्रालयमा धर्ना दिएका छन्।आज सिंहदरबारमा रहेको अर्थ मन्त्रालय अगाडि काठमाण्डौ,भक्तपुर र ललितपुरका नायब सुब्बाहरुले कर्मचारीको तलब समान ढङ्गले बढाउन माग गर्दै धर्ना दिएका हुन्।आइतवार सार्वजनिक भएको तलबमानमा बजेटको घोषणाविपरीत तलब बढाइएको भन्दै नायब सुब्बा र त्यसभन्दा तल्लो तहका कर्मचाहरू आन्दोलनमा उत्रिएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्