किन संकटमा पुग्यो कुम्हाल समुदायको पुख्र्यौली पेशा
काठमाडौं। धनुषाको जनकपुरधामका राजकिशोर पण्डित कुम्हालको हातमा माटोका भाँडाकुँडा बनाउनेबाहेक अरु सीप छैन । होस् पनि कसरी, उनले योबाहेक अरु काममा हात हाल्ने फुर्सदनै पाएनन् । यसरी जीवनभर माटोसित खेलेर बुढ्यौली उमेरमा पुगेका उनको पेशा हिजोआज संकटमा पर्न थालेको छ । चाहिएजस्तो माटो प्रशस्त नपाउनु, प्लाष्टिकका सामग्रीको बढ्दो प्रयोग, माटो र दाउरा महँगो हुन थालेपछि राजकिशोरको पेशा संकटमा परेको हो।
प्रतिक्रिया दिनुहोस्