सोभियत संघका अन्तिम राष्ट्रपति मिखाइल गोर्भाचोभको निधन
काठमाडौं।सोभियत संघका अन्तिम नेता मिखाइल गोर्बाचोभको निधन भएको छ।सोभियत संघको पतन रोक्न नसकेका, तर रक्तपात नगरी शीतयुद्धको अन्त्य गरेका गोर्भाचोभको ९१ वर्षको उमेरमा निधन भएको हो।मिखाइल गोर्बाचोभ सन् १९८५ मा सोभियत संघ ९युएसएसआर० को राष्ट्रपति चुनिएका थिए। सोभियत संघको पतन हुँदा सन १९९१ सम्म राष्ट्रपति रहेका गोर्बाचोभका दुईवटा नीतिलाई महत्वका साथ लिइन्छ– पहिलो, अभिव्यक्ति स्वतन्त्रता र दोस्रो, पुनर्गठन।
प्रतिक्रिया दिनुहोस्