राष्ट्रपतिका कारण जनता अनागरिक हुनुपर्ने ?
काठमाडौँ।त्रिचन्द्र कलेजमा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन भएको छ।दुवै सदनबाट बहुमतले पारित नागरिकता विधेयकलाई राष्ट्रपति भण्डारीले फिर्ता गर्दै संसद् र जनप्रतिनिधिहरूको अवमूल्यन गरेको भन्दै नेपाल विद्यार्थी संघसम्बद्ध विद्यार्थीहरूले प्रदर्शन गरेका हुन्।प्रदर्शनको क्रममा विद्यार्थीहरूले सडक अवरुद्ध गर्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबिच झडपसमेत भएको छ। प्रदर्शनकारीले प्रहरीतर्फ र प्रहरीले प्रदर्शनकारीतर्फ ढुङ्गा प्रहारसमेत भएको थियो।
प्रतिक्रिया दिनुहोस्