न्याय माग्दा मिटरब्याज पीडितलाई प्रहरीको लाठी कीर्तिपुरमा प्रदर्शन गरिरहेका मिटरब्याज पीडित र प्रहरीबिच झडप भएको छ। कीर्तिपुरबाट प्रदर्शन सुरु गरेर उनीहरु माइतीघर पुग्ने योजनामा थिए। तर, उनीहरुलाई कीर्तिपुरमा नै प्रहरीले हस्तक्षेप गरेको हो । झडपका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् । आफ्नो माग सुनुवाईमा चासो नदिएको र पीडितलाई न्याय दिलाउन सरकारले कुनै कदम नचालेको पीडितहरुको गुनासो छ। एक महिनादेखि मिटरब्याज पीडितहरुले माइतीघरमा धर्ना दिइरहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्