वीर अस्पताल अगाडिका औषधि पसलमा चल्यो महानगरको डोजर
काठमाडौं।काठमाडौं महानगरपालिकाले वीर अस्पतालअघिका औषधि पसलहरु भएको अस्थायी टहरा हटाएको छ।वीर अस्पतालको सर्जिकल भवनतर्फ टाँसिएको टहरा र त्यसमा चलाइएका पसलहरू हटाएको हो।महानगरपालिकाले ती टहरमा नक्सा विपरीत भएको भन्दै बुधबार माइकिङ गरेर बिहीबार दिउँसो १ बजेसम्म खाली गर्न अल्टिमेटम दिएको थियो।केही औषधि पसलहरुले बिहान नै सटर खाली गरेका थिए भने केहीले अटेरी गरेका थिए।
प्रतिक्रिया दिनुहोस्