रुसका सिमानाहरुमा देश छाड्नेको ताँती रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा जगेडा सैनिक परिचालन गर्ने घोषणा गरेसँगै त्यसबाट बच्न रुसी पुरुषहरुले देश छाड्न थालेका छन्। पुटिन प्रशासनको घोषणाले थप तीन लाखजना युद्धमा सामेल हुनुपर्नेछ। देश छाड्नेहरुका कारण रुसको सिमानाहरुमा लामा लाइनहरु देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। युद्धका लागि पठाउन सकिने सम्भावित समुहका धेरैजसोले देश छाडिरहेका हुन् । जर्जिया र फिनल्यान्डसँगको सीमामा सवारीसाधनका लामा ताँती छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्