यी हेभिवेट नेता, जसले गरे चुनाव नलड्ने घोषणा काठमाडौं।प्रतिनिधिसभा चुनावको उम्मेदवार मनोनयनको अघिल्लो दिन सभामुख अग्निप्रसाद सापकोटाले उम्मेदवार नहुने घोषणा गरे।एमालेले काठमाडौं ८ बाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई प्रतिनिधिसभामा उठाउने प्रस्ताव गरेको थियो। तर शाक्य उम्मेदवार बनिनन्। एमालेका अर्का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले चुनाव लड्न अस्वीकार गरेका छन्। बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेल एमालेबाट मकवानपुर २ मा उम्मेदवार हुने चर्चा चलेपनि उनले चुनावमा भाग नलिने घोषणा गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्