शुक्रवारदेखि प्लाष्टिकजन्य फूलको बिक्री वितरण रोकिने काठमाडौं।वातावरण विभागले शुक्रबार ९भोलि०देखि प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन,आयात बिक्री वितरण रोक्न माइकिङ तथा अनुगमन गर्ने भएको छ।तिहार र छठको मुखमा सरकारले सूचना जारी गर्दै प्लास्टिकजन्य फूलगुच्छाको आयात,बिक्री वितरणमा रोक लगाएको हो।विभागका महानिर्देशक नारायण घिमिरेले सरकारले गत साउनमा राजपत्रमा प्रकाशन गरेर प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात बिक्री, वितरण वा भण्डारणमा रोक लगाएको भन्दै बिहीबारको सूचनामार्फत सचेत गराएको बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्