भाइटीकाका दिन मात्र खुल्ने बालगोपालेश्वर मन्दिरमा भक्तजनको भिड काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाईटीका लगाउन थालिएको छ। बिहीवार बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा दिदि–बहिनी नहुनेहरुलाई भाईटीका लगाउन शुरु गरिएको हो। दिदि–बहिनी नहुनेका लागि वर्षमा आज एकदिन मात्रै बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन रहेको छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदिबहिनी एवं दाजुभाइ नहुनेहरू भाईटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गर्ने र टीका लगाउने गर्दछन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्