सर्वोच्च फर्कन पाउलान चोलेन्द्रशमशेर ?
काठमाडौं। अन्ततः प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाभियोग फुकुवा भएको छ । नौ महिनाअघि निलम्बनमा परेका जबरालाई महाभियोग निष्क्रिय भएको पत्र संसद् सचिवालयले मंगलबार दिएको हो । राणाले महाभियोगबारेमा जानकारी माग्दै संसद् सचिवालयमा पत्र पठाएका थिए । २०७८ फागुन १ गते काँग्रेस, माओवादी र एकीकृत समाजवादीका सांसदहरुले राणाविरुद्ध महाभियोग दर्ता गराएपछि उनी स्वतः निलम्बनमा परेका थिए ।
प्रतिक्रिया दिनुहोस्