ऐना झ्यालको पुतलीले पायो एकै पटक चार अवार्ड काठमाडौं। नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ले अर्को नयाँ खुसी थपेको छ। नेपाली बक्स अफिसमा एक करोड रुपैयाँभन्दा बढी कमाएको फिल्मले यतिबेला ओस्कारमा पनि अन्तर्राष्ट्रिय फिचर विधातर्फ प्रतिस्पर्धा गरिरहेका छ। यसैबीच फिल्मले भारतमा एकैपटक चार विधामा अवार्ड प्राप्त गरेको हो। फिल्मले भारतको प्रतिष्ठित कौतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट फिल्मसँगै सम्पादन, अभिनेता र अभिनेत्री विधामा अवार्ड जितेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्