अब सरकारले नै शून्य लागतमा मौसमी श्रमिक पठाउने काठमाडौं। सरकार आफैंले शून्य लागतमा मौसमी श्रमिक पठाउने तयारी गरेको छ। मौसमी कामका लागि युवाहरूको आकर्षण बढेसँगै ठगीको जोखिम बढ्न थालेपछि सरकारले यस्तो तयारी गरेको हो। यसका लागि आवश्यक कार्यविधिको ड्राफ्ट बनाएर श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रिपरिषदमा पठाएको छ। मन्त्रिपरिषद्बाट स्वीकृत भएमा मन्त्रालयले मौसमी श्रमिक पठाउन सुरू गर्नेछ। सरकारले हालसम्म मौसमी श्रमिक भनेरै वैदेशिक रोजगारमा पठाएको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्