पशुपति शमशेरले गराउनेछन् नवनिर्वाचित सांसदलाई सपथ काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूलाई राप्रपाका समानुपातिक सांसद पशुपति शमशेर जबराले शपथ ग्रहण गराउने भएका छन्। नागरिकताका आधारमा राप्रपाका जबरा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीभन्दा १ महिना २६ दिन जेठो निस्किएपछि शपथ गराउने ज्येष्ठ सांसदको टुंगो लागेको हो। संघीय संसद् सचिवालयले निर्वाचन आयोगबाट नागरिकताको प्रमाणपत्र झिकाएर हेर्दा केसीभन्दा जबरा ज्येष्ठ पाइएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्