रविको मुद्दामा भएन आदेशः शपथ लिन बाटो खुल्यो काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रतिनिधिसभा सदस्यको शपथ लिन बाटो खुलेको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता विवादमा दुबै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको छ। रिट निवेदकले यो विवाद अन्त्य नहुँदासम्म शपथमा रोक लगाउन अन्तरिम आदेश माग गरेका थिए। तर संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्