थुनामुक्तको आदेशपछि अदालतमा देखिएका चार्ल्स शोभराज काठमाडौं। ज्यान मुद्दामा बन्दी जीवन बिताइरहेका फ्रेन्च नागरिक चाल्र्स शोभराजलाई आजै थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीशहरु सपना मल्ल प्रधान र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ गर्दै केन्द्रीय कारागारमा रहेका उनलाई थुनामुक्त गर्न आदेश दिएको हो। इजलासले आदेश भएको १५ दिनभित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउन समेत आदेश दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्