पशुपति शमशेर जबराले गराए प्रतिनिधि सभा सदस्यको शपथ राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शम्शेर जबराले आज प्रतिनिधि सभा सदस्यहरुलाई शपथ गराएका छन्। प्रतिनिधि सभाको सभाकक्षमा आज उनले गत मंसिर ४गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका सदस्यहरुलाई शपथ गराएका हुन् । प्रतिनिधि सभाको ज्येष्ठ सदस्यको हैसियतमा उनले सदस्यहरुलाई शपथ गराएका हुन्। गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी २७५ जना सदस्य निर्वाचित भएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्