देउवाकै नेतृत्वमा सरकार बनाउने प्रयासमा काँग्रेस काठमाडौं। प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको प्रयास थालेको छ। सत्ता गठबन्धनमा सहभागी अर्को दल माओवादी केन्द्रले सरकारको नेतृत्वमा दाबी गरिरहेका बेला कांग्रेसले भने आफ्नै नेतृत्वमा सरकार गठनको प्रयास थालेको हो। कांग्रेसले सरकार गठन प्रयोजनका लागि सांसदहरूको हस्ताक्षरसमेत संकलन गरिरहेको छ। काँग्रेसले शुक्रवारदेखि नै सांसदलाई खाली पृष्ठमा हस्ताक्षर गराउन शुरु गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्