मोबाइलमा कर छुट दिने सरकारले किसानलाई मल कहिले दिने ?
यो मतदानका लागि लागेको मतदाताको लाइन होइन, न त कुनै मन्दिरमा लागेको दशनार्थीकौ लाइन नै हो । यो त मल पाउने आशमा काभ्रेको पनौतीमा लागेको किसानहरुको लाइन हो । शुक्रबार बिहान साढे ६ बजेदेखि किसानहरु इसरी गाउँकै पातीखोरिया कृषि सहकारीमा लाइनमा बसे । दिनभरी लाइन बसेका किसानहरुले अन्तिममा मल भने प्रसाद जसरी मात्रै पाए ।
प्रतिक्रिया दिनुहोस्