ब्राजिलका नयाँ राष्ट्रपति लुलाले लिए पद तथा गोपनियताको शपथ
काठमाडौं। लुला दा सिल्भाले ब्राजिलको नयाँ राष्ट्रपतिको रूपमा पद तथा गोपनियताको शपथ लिएका छन्। तेस्रो पटक ब्राजिलको राष्ट्रपति बनेका उनी दिग्गज वामपन्थी नेताको रुपमा चिनिन्छन्। उनले यसअघि सन् २००३ र २०१० मा देशको नेतृत्व गरेका थिए । अक्टोबरमा भएको चुनावमा उनले बहालवाला राष्ट्रपति जैर बोल्सोनारोलाई हराएका हुन्। ब्राजिलको राजनीतिले आर्थिक वृद्धि गर्नुपर्ने समाजवादी वाम राष्ट्रपति लुलाका लागि चुनौती रहेको छ।
प्रतिक्रिया दिनुहोस्