सत्तामा फर्कने दाउमा कांग्रेस, सके संघ नसके प्रदेश
काठमाडौं। मुखैमा आएको सत्ता गुमेपछि केही दिन शान्त देखिएका कांग्रेस सभापति शेरबहादुर देउवा अहिले फेरि सक्रिय बन्न थालेका छन् । प्रचण्डले विश्वासको मत लिने मिति नजिकिँदै गर्दा देउवाले सत्तारुढ दलका नेताहरुसँग संवाद बढाएका हुन् । हिजोआज देउवाले सात दलीय गठबन्धनका नेताहरुसँग धुम्बाराही निवासमा निरनतर संवाद गरिरहेका छन्।अहिले देउवा धुम्बराहीमा प्रधानमन्त्रीको विश्वासको मत असफल पार्ने रणनीतिमा जुटेका छन् ।
प्रतिक्रिया दिनुहोस्