बालबालिकामा मोबाइलको लत, अब भिडियो गेमबाटै हुन्छ सिकाइ
काठमाडौं।भिडियो गेम मार्फत पढाइमा रुचि जगाउने उदेश्यका साथ नेपालमा चिम्पभाइन नामक एपको सुरुवात गरिएको छ।बालबालिकालाई उपयोगी इ–लर्निङ ‘चिम्पभाइन’ पछिल्लो समय लोकप्रिय बन्दै गएको छ।यसको कार्यकारी निर्देशक शश्या पौडेलका अनुशार चिम्पभाइन भिडियो गेममा नै शैक्षिक सामाग्रीहरुको समावेश भएको उपयोगी गेम हो।चिम्पभाइनको अवधारणा भने अमेरिकामा जन्मिएको हो।चिम्पभाइन काठमाडौंका १३ स्कुलका विद्यार्थीहरूले चलाइरहेका छन्।यस्तो गेमले बालबालिकालाई पढाइतर्फ आकर्षित गर्छ।
प्रतिक्रिया दिनुहोस्