वामपन्थी राष्ट्रपति चुनिएपछि ब्राजिलमा विपक्षीको हिंसात्मक प्रदर्शन काठमाडौं। ब्राजिलको राष्ट्रपति पदमा वामपन्थी नेता निर्वाचित भएसँगै पराजित दक्षिणपन्थी पार्टीका कार्यकर्ताहरुले देशमा तहल्का मच्याएका छन् । गएको अक्टोबरमा भएको राष्ट्रपति निर्वाचनमा वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा निर्वाचित भएका थिए। तर पराजित पूर्वराष्ट्रपति जैर बोल्सोनारोले भने निर्वाचन परिणाम निरन्तर अस्वीकार गर्दै आएका छन् ।उनै बोल्सोनारोका समर्थकहरूले आइतबार राष्ट्रपति भवन र संसद प्रवेश गरेर हंगामा मच्चाएका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्