राष्ट्रपति लिने देउवाको दाउ, प्रचण्डले देलान् भाउ ?
काठमाडौं। पहिलो चरणको प्रधानमन्त्री प्रचण्डलाई दिन नमान्दा सत्ताको सबै अवसर गुमाए पनि काँग्रेसले अझै हार मानेको छैन।काँग्रेस अहिले गुमिसकेको राष्ट्रिपति र सभामुख पद फर्काउने खेलमा जुटेको छ। लगभग एमालेको पोल्टामा पुगिसकेको राष्ट्रपति र सभामुख पद फर्काउन काँग्रेस सभापति शेरबहादुर देउवा अहिले कम्मर कसेर लागेका छन।यसै रणनीति अनुसार देउवाले पार्टीभित्र असहमति हुँदाहुँदै पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गराइ छाडे।
प्रतिक्रिया दिनुहोस्